आयोजक बन्यो 'प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन'

पाेखरा | माघ २६, २०८२

आयोजक बन्यो  'प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन'

पोखरा:     प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ ।

 

प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक प्रतिभा माविले जितेको हो ।

 

पोखरा रंगशालामा आईतबार भएको फाइनल खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुललाई ५८ रनले पराजित गर्दै प्रतिभाले पोखरामा पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको हो ।

 

आईतबारको खेलमा प्रतिभा माविले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रनको योगफल तयार गर्यो । प्रतिभाका लागि सफल श्रेष्ठले ४९ बलमा ७२ रनको अर्धसतकीय पारी खेले । त्यस्तै, मिसन विकले २१ ब्लमा १८ रनको योगदान दिए ।

 

प्रतिभालाई विशाल स्कोर बनाउनबाट रोक्ने क्रममा मदरल्याण्डका भुवनबहादुर भण्डारीले ३ ओभरमा १ मेडन ओभरसहित ४ रन खर्चेर ३ विकेट लिए भने विलोभ मल्ल, सद्रीस पौडेल, रमेश भट्ट र शुभम गिरीले १÷१ विकेट लिए ।

 

१३८ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको मदरल्याण्ड भने १३.४ ओभरमा सबै विकेट गुमाएर केवल ७९ रनमा समेटियो । मदरल्याण्डका लागि रोमिस भट्टले ११ बलमा १३ रन बनाउनुबाहेक अन्यको व्याट नचल्दा पराजय बेहोर्दै उपबिजेतामै सिमित बन्यो ।

 

मदरल्याण्डलाई सस्तैमा समेट्न प्रतिभाका सफल थापाले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट र सफल श्रेष्ठले ३.४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । खेलमा प्रतिभाका अलराउण्डर सफल श्रेष्ठ प्लेयर अफ म्याच घोषित भए ।

 

च्याम्पीयन बनेको प्रतिभा माविले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । उप–बिजेता बनेको मदरल्याण्डले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

 

प्रतियोगितामा च्याम्पीयन बनेको प्रतिभा माविका सफल श्रेष्ठ प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । त्यस्तै, प्रतिभा माविका सहबुद्दिन अन्सारी उत्कृष्ट ब्याट्स म्यान र बाल मन्दिर माविका सुमन अधिकारी उत्कृष्ट बलर बने । उनीहरुलाई पनि ट्रफी प्रदान गरिएको थियो ।

 

बिजयीहरुलाई गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सदस्य भोजराज बराल, प्रतिभा मावि सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुली, निर्देशक सन्देश पौडेललगायतले पुरकास्कार वितरण गरेका थिए ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिता ग्रासरुट क्रिकेटको विकासका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले भने,‘यो प्रतियोगिता ग्रासनेस टु ग्रेटनेस क्रिकेटका लागि कोशेढुंगा सावित हुनेछ ।’

 

आयोजक प्रतिभा माविका सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले क्रिकेटको विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको बताए ।

 

प्रतिभा माविका प्राचार्य किरण सापकोटाले आगामी वर्षदेखि छात्र र छात्रा दुवै विधामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरे । यसपटक छात्रहरुबाट शुरु गरेका छौं,उनले भने,‘आगामी वर्षदेखि छोराछोरीहरु सबैले खेल्नसक्ने गरी छात्र, छात्रा दुवै विधामा प्रतियोगिता आयोजना गर्ने जानकारी गराउँछु ।’

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्